Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुरक्षा निकायमा सामान आपूर्ति गर्ने मुन्का पक्राउ, भण्डारका डीएसपी पनि तानिने 


    सोमबार, पुष १३ २०७७
    840
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • मदन केसी र पिताम्बरकुमार मुन्का

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले नेपाल प्रहरी लगायत सुरक्षा निकायमा लत्ताकपडा लगायतका सामान आपूर्ति गर्ने ठेकेदार पिताम्बरकुमार मुन्का र नरेन्द्रनाथ पौडेललाई  प्रहरी संगठनको बदनाम गरी ठगी गरेको आरोपमा  सोमबार पक्राउ गरेको छ । मुन्काको क्राउन टेक्सटाइल इन्डष्ट्रिज प्रालिले आर्थिक बर्ष २०७३-०७४ मा नेपाल प्रहरीमा २० हजार मिटर ऊलन पाइन्टको कपडा आपूर्तिको ठेक्का पाएको थियो । उनले गुणस्तर परीक्षणका लागि भारतको एसजीएसमा पठाउँदा सरकारी छाप किर्ते गरेको आरोप लागेको छ ।

    मुन्काको कपडाको गुणस्तर परीक्षणका लागि उनाको कम्पनी क्राउन टेक्सटाइलका प्रतिनिधि नरेन्द्रनाथ पौडेलको रोहबरमा प्रहरीले २०७७ साउन ३० मा एसजीएस चेन्नई भारतमा पठाएको थियो । तर २ दिनपछि २०७७ साउन ३० मा मुन्काले डीएचएलमार्फत् प्रहरीको भण्डार शाखाका डीएसपी मदन केसीको नाम, इमेल ठेगाना राखी कपडाको दोस्रो नमूना टेष्टका लागि पठाएको खुलेको थियो ।

    मुन्काले भारतको एसजीएस कम्पनीमा दोस्रो पटक कपडाको गुणस्तर टेष्ट गर्न पठाउँदा नेपाल प्रहरीको नाम, जिम्मेवार अधिकृतको नाम, मोवाइल तथा इमेल ठेगानासमेत उल्लेख गरी डीएचएल कुरियर सेवामार्फत् पठाएकाले उनलाई पक्राउ गरेको जनाएको छ ।

       
    प्रहरी संगठनलाई नै मुन्काले जालसाजी गरेको खुलेपछि छानबिन पश्चात मुन्कालाई पक्राउ गरेको सीआइबीले जनाएको छ । मुन्काले प्रहरीको नाममा आफूखुसी कपडाको गुणस्तर टेष्ट गर्न पठाई प्रहरी संंगठनलाई जालसाजी गरी आफूलाई फाइदा पुर्याउने कार्य गरेकाले मुलुकी अपराध संहिता २०७४ को ठगी अन्तर्गको कसूरको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको डीआइजी सहकुल थापाले जानकारी दिएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार