Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • सिमेन्ट बोरामा २५० रूपैयाँ बढेपछि उद्योग मन्त्री लेखासमितिमा


    बुधबार, माघ ९ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सिमेन्टको मूल्यबृद्धिका बारेमा जानकारी दिन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी संसदीय समितिमा जाँदैछन् ।

    सार्वजनिक लेखासमितिले सिमेन्टको मूल्यबृद्धिबारे छलफल गर्न उनलाई आज समितिको बैठकमा बोलाएको छ ।

    मंगलबार बसेको सार्वजनिक लेखासमितिको बैठकले सिमेन्टको मूल्यबृद्धिबारे छलफल गर्न उद्योगमन्त्री भण्डारी र सचिवलाई बोलाउने निर्णय भएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिएका थिए । उनका अनुसार मन्त्री भण्डारी र सचिव बुधबार बिहान ११ बजे बैठकमा पुग्नेछन् ।

    सिमेन्ट उद्योगीहरुले मिलेमतोमा सिमेन्टको मूल्य प्रतिबोरा अढाइ सय रुपैयाँले बढाएपछि निर्माण व्यवसायीहरुले बढेको मूल्यमा सिमेन्ट खरिद नगर्ने लगायत माग राखेर आन्दोलन घोषणा गरिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार