काठमाडौं – राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी दर्ता भएको छ । निर्वाचन आयोगले सो पार्टीलाइ औपचारिक रूपमा दर्ता गराएको नेता केशव झाले जानकारी दिए । आयोगबाट दल दर्ताको प्रमाणपत्र पनि लिइ सकिएको छ । उनको पार्टीको चुनाव चिन्ह ‘ग्याँस सिलिन्डर’ तोकिएको छ ।
‘आज मिति २०८१ माघ ८ गते निर्वाचन आयोगद्वारा ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ नामक राजनीतिक दल दर्ता गर्ने निर्णय गरि पार्टीलाई प्रमाणपत्र प्रदान गरिएको छ,’ अध्यक्ष राजेन्द्र महतोले जारी गरेको सुचनामा भनिएको छ, ‘चुनाव चिन्हको रूपमा ग्याँस सिलिण्डर प्रदान गरिएको छ भने गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको छ।’
उनका अनुसार दल दर्ता नं २०१ कायम भएको छ। स्वदेशवाद, बहुलरष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धांत बमोजिम पार्टी आगाडि बढ्ने भएकोले आम जनतालाई यस पार्टीको सदस्यता ग्रहण गरि सक्रियता साथ पार्टीमा लाग्न महतोले अपील पनि गरेका छन ।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी उनले नयाँ अलग्गै पार्टी दर्ता गरेका हुन् ।

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend