काठमाडौं – नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु ९क्रान्तिकारी० को नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता गरिँदै छ । २३औँ राष्ट्रिय सम्मेलनअन्तर्गत १२ गते हुने निर्वाचनका लागि आज सबै प्रदेशमा अनलाइन उम्मेदवारी दर्ताको व्यवस्था गरिएको छ ।
सम्मेलनअन्तर्गतको निर्वाचन समितिका संयोजक मुक्ति प्रधानका अनुसार बिहान ८ बजे सुरु भएको उम्मेदवारी दर्ता साँझ ६ बजेसम्म जारी रहनेछ । उम्मेदवारी दर्ता अखिल क्रान्तिकारीको आधिकारिक वेबसाइटमार्फत गर्न सकिने बताइएको छ ।
आज मनोनयन दर्ताको समय सकिनासाथ उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतकालिका छ । माघ ९ गते बिहान ११ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावलीविरुद्ध दाबी विरोधको समय तोकिएको छ भने सोही दिन बिहान ११ बजेपछि दाबी विरोधको छानविन र नामावली प्रकाशन गर्ने तालिका छ ।
१० गते बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ भने सोही दिन दिउँसो २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । माघ १२ गते विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको छ ।
केन्द्रीय नेतृत्वमा अखिल क्रान्तिकारीले उमेरहद लागू गरेको छ । जसअनुसार ३२ वर्षभित्रका अर्थात् २०४९ माघ ७ गतेपछि जन्मिएका प्रुतिनिधिले मात्रै केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र आयोगका पदाधिकारी तथा सदस्यमा उम्मेदवारी दर्ता गर्न पाउनेछन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend