Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसदका दुवै सदनको हिउँदे अधिवेशन माघ १८ देखि बोलाउने तयारी


    सोमबार, माघ ७ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – सरकारले संसदको दुवै सदनको हिउँदे अधिवेशन माघ १८ गतेदेखि बोलाउने तयारी गरेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।

    त्यसैले सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले माघ १८ गतेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने तयारी गरेको हो।

    यसबारेमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच कुराकानी भएको थियो। संसदको हिउँदे अधिवेशन बोलाउनेबारे प्रधानमन्त्रीले सभामुखसँग परामर्श गरेको स्रोतको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार