Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नागढुंगाबाट दुईजना लागू औषध कारोबारी पक्राउ


    सोमबार, पुष १३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नागढुंगाबाट प्रहरीले दुईजना लागू औषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका घर भएका गोबिन्द प्रसाद यादव र भारतीय नागरिक साहेबलाल यादव छन् ।

    रौतहटबाट काठमाडौं आउँदै गरेको ना.६ख ३१८१ नम्बरको बसमा आएका उनीहरुलाई प्रहरी प्रभाग नागढुंगाको टोलीले पक्राउ गरेको हो ।

    उनीहरुको साथबाट १२ सय एम्पुल डाइजेपाम, सोही परिमाणको फेनारगन र नुर्फिन बरामद गरिएको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी घनश्याम श्रेष्ठले रातोपाटीलाई बताए ।

    ३ वटा झोलामा प्याक गरिएको लागु औषध उनीहरुले बसको सिटमुनी लुकाएका थिए । सो लागु औषध भारतबाट ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार