Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अध्यादेश सहमतिमा ल्याएका हौं, थप चर्चा परिचर्चा नगरौंः गगन-विश्व


    बिहिबार, माघ ३ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं- नेपाली कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश सहमतिमा नै आएको जानकारी दिएका छन् ।

    नेपाली कांग्रेसबाट ओली सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री र संसदीय दल कार्य समितिको बैठकमा कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले अध्यादेश सहमतिमा नै आएकाले थप चर्चा परिचर्चा नगर्न आग्रह गरेका हुन् ।

    ‘बैठकमा अध्यादेशका बिषयमा पनि कुराकानी भयो, अध्यादेश ल्याएको जानकारी गराउनु भयो महामन्त्रीज्यूले, यसमा पोजिटिभ कुरा भयो, छलफल गरेरै अध्यादेश ल्याएकौं भने पछि यसमा थप चर्चा परिचर्चा नगरौं भन्नु भयो,’ बैठक पछि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जानकारी दिए ।

    अध्यादेशका बारेमा कांग्रेस भित्र मत मतान्तर देखा परेपछि सभापति देउवाले आज ओली सरकारमा प्रतिनिधित्व गर्ने १२ मन्त्री र संसदीय दल कार्यसमितिको बैठक बोलाएका थिए । जहाँ सभापति देउवाले गठबन्धनको मर्म अनुसार सरकार सञ्चालन गर्नु पर्ने भन्दै प्रधानमन्त्री ओलीको निर्देशन अनुसार काम गर्नका लागि सबैलाइ निर्देशन दिएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार