रौतहट । संसद विघटनको विरुद्धमा जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताले सदरमुकाम गौरमा मसाल जुलुस प्रदर्शन गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम भन्दै शनिबार बेलुका जसपा कार्यकर्ताले मसाल जुलुस प्रदर्शन गरेका हुन् ।
पुष ५ मा कायम रहेका संघीय संसद विघटन गरेको विरुद्धमा पार्टी केन्द्रिय कार्यालयले निर्धारण गरेको कार्यक्रम अन्तर्गत जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले प्रहरीलाइ चुनौती दिदै राष्ट्रपति र प्रधानमन्त्रीको बिरुध मसाल जुलुस प्रदर्शन गरेका छन् ।