Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं उपत्यकामा २६७ जना कोरोना संक्रमित थपिए


    शनिबार, पुष ११ २०७७
    590
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन २ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा भेटिएका ५ सय संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र २ सय ६७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    काठमाडौंमा २ सय ९, भक्तपुरमा १६ र ललितपुरमा ४२ जना संक्रमित भेटिएका हुन्। यो सँगै काठमाडौंमा कुल संक्रमितको संख्या ९६ हजार ७९ पुगेको छ। जसमध्ये १२ हजार ६ सय ५ जना उपचारपछि निको भएका छन् भने ४ सय ६० जनाको मृत्यु भएको छ। काठमाडौंमा अझै पनि ३ हजार १४ जना सक्रिय संक्रमित छन्। 

    भक्तपुरमा हालसम्म ८ हजार ४ सय ९० जना संक्रमित उपचारपछि निको भएका छन्। ८ हजार ७ सय ७५ कुल संक्रमितमध्ये ९८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। अझै पनि १ सय ८७ जना उपचाररत छन्। 

    यस्तै ललितपुरमा कुल संक्रमितको संख्या १५ हजार ४१ पुगेको छ। १४ हजार ४ सय ५७ जना डिस्र्चाज हुँदा १ सय ४५ जनाको मृत्यु भएको छ। ललितपुरमा ४ सय ३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार