काठमाडौं । तराई-मधेस केन्द्रित दलहरूले मोर्चा गठनको तयारीलाइ तिब्रता दिएका छन् ।
संसदमा प्रतिनिधित्व गर्नेदेखि संसद बाहिर रहेका तराई-मधेस केन्द्रित दलले मोर्चा गठन गर्ने तयारी गरेका हुन् ।
जसअनुसार आज बिहान १० बजे समर्पण एकडेमी, धुम्बाराहीमा पहिलो पटक संयुक्त कार्यदलको बैठक बस्दैछ ।
सो बैठकमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीवाट रेणु यादव र इस्तियाक राई सहभागी हुनेछन भने उपेन्द्र यादवको जनता समाजवादी पार्टी, नेपालवाट राजकिशोर यादव सहभागी हुँदैछन् ।
उता, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट जितेन्द्र सोनल तथा सुरेन्द्र झा सहभागी रहनेछन् भने जनमत पार्टीवाट अब्दुल खान र शरद यादवको प्रतिनिधित्व रहनेछ ।
यसैगरी, संसद बाहिर रहेका दलहरू मध्ये हृदयेश त्रिपाठी नेतृत्वको जन प्रगतिशील पार्टीवाट शिवजी यादव तथा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट केशव झाको प्रतिनिधित्व रहनेछ भने तराई-मधेस लोकतान्त्रिक पार्टीवाट वृषेशचन्द लाल स्वयं उपस्थित हुने जनाइएको छ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend