Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कृषि मन्त्रालयबाट ५ वर्षमा १ खर्ब ७ अर्ब अनुदान प्रवाह


    आइतबार, पुष २८ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – कृषि तथा पशुपन्छी मन्त्रालयले पछिल्लो ५ वर्षमा कृषकहरूलाई प्रवाह गरेको अनुदान रकम आइतबार सार्वजनिक गरेको छ ।

    मन्त्रालयका अनुसार ५ वर्षमा अनुदानमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ रकम प्रवाह भएको छ । जसबाट करिब १ करोड ९६ लाख कृषकहरू लाभान्वित भएको मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०७६र७७ देखि आव २०८०र८१ मा प्रत्यक्ष र अप्रत्यक्ष गरी उक्त रकम अनुदानमा प्रवाह भएको मन्त्रालयको भनाइ छ ।

    मन्त्रालयका अनुसार प्रत्यक्षतर्फ (मन्त्रालयबाट सञ्चालित स्वदेशी तथा विकास साझेदारहरूको सहकार्यमा सञ्चालित परियोजना लगायत उखु कृषकलाई प्रोत्साहन अनुदान, कृषि बीमा, पशुपन्छी तथा मत्स्य बीमाको प्रिमियममा लाग्ने रकम मार्फत कृषि सहकारी, कृषि समूह तथा कृषि फर्मलाई वितरण गरिएको अनुदान रकम) २० अरब ३० करोड ३० लाख १४ हजार र अप्रत्यक्षतर्फ (अनुदानित रासायनिक मल) ८७ अर्ब ३५ करोड ९७ लाख ७३ हजार रुपैयाँ प्रवाह भएको मन्त्रालयले जनाएको छ ।

    राज्यबाट अनुदान लिने तर उद्देश्य अनुरूप रकमको सदुपयोग नभएको गुनासो आएपछि मन्त्रालयले अनुदान रकम प्रवाहबारे जानकारी दिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार