Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसको ३७ विभागमा सचिव मनोनित


    शुक्रबार, पुष २६ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं- नेपाली कांग्रेसले ३७ विभागका सचिव तोकेको छ । सभापति शेरबहादुर देउवाले शुक्रबार विभिन्न विभागका सचिव मनोनित गरेका हुन् ।

    कांग्रेसले गठन गरेका ५६ विभाग मध्येमा ३७ विभागका सचिव तोकिएका हुन् । प्रदेश समन्वय विभागको सचिवमा डा। रघु काफ्ले, महिला विभागमा कविता इटनी, सूचना, सञ्चार तथा प्रचार विभागमा गोपाल झा, वातावरण तथा जलवायु परिवर्तनमा समीक्षा चौधरी सचिव तोकिएका छन् ।

    सहकारी विभागमा चन्द्रप्रसाद ढकाल, पेशागत तथा बुद्धिजिवीमा विजयी तुम्बाहाम्फे तोकिएका छन् । हालका लागि एउटा विभागमा बढीमा दश सदस्य बनाउने गरी पार्टीले निर्देशन दिएको छ । विधान अनुसार प्रमुख सहित बढीमा ५१ जना सदस्य रहने व्यवस्था छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार