Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • रवि लामिछानेलाई धरौटीमा छाड्ने अदालतको विवेकपूर्ण निर्णय- बाबुराम भट्टराई


    शुक्रबार, पुष २६ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धरौटीमा रिहा भएकामा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई खुसी भएका छन् ।

    शुक्रबार बिहानै सामाजिक सञ्जालमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेको तस्बिर पोस्ट गर्दै बाबुरामले अदालतको विवेकपूर्ण निर्णय गरेको उल्लेख गरेका हुन ।

    पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने कास्की जिल्ला अदालतको आदेशमा बिहीबार साँझ ६५ लाख धरौटी बुझाएर छुटेका हुन् ।

    आज बिहान उनी पोखराबाट काठमाडौँ फर्किने र काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने उनको सचिवालयले जनाएको छ । रविविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको पनि रकम अपचलन गरेको मुद्दा रहेकाले उनी आफैं अदालतमा उपस्थित हुन लागेका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार