काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले गणतन्त्र धरापमा पारेको आरोप लगाएका छन् ।
प्रचण्ड-नेपाल समूहको केन्द्रिय समितिको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले प्रधानमन्त्री ओलीकै कारण गणतन्त्र धरापमा परेकाे बताएक हुन् ।
उनले आफूहरु गणतन्त्रका लागि लडिरहदा ओलीले गणतन्त्र असम्भव छ भन्दै आएको समेत स्मरण गरे ।