Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सल्यानमा ३ वर्ष र ६ महिनाका दुई बालिका घरभित्र मृत भेटिए


    बुधबार, पुष २४ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातल भन्ने गाउँमा दिदीबहिनी घरभित्र मृत फेला परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार बुधबार बिहान ३ वर्ष र ६ महिनाका दुई दिदीबहिनी मृत अवस्थामा फेला परेका हुन् ।

    उनीहरूसँगै आमा पुर्णिमा राना पनि घरमै थिइन् । बुवा टेकमान राना भने रोजगारीका लागि नुवाकोटमा बस्ने गरेको इन्सपेक्टर बस्नेतले जानकारी दिए ।

    घटना शंकास्पद देखिएको भएपनि अन्य विवरण खुलिनसकेको उनले बताए

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार