कलैया । बारा जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा दैनिक लाखौँका सामान भन्सार छलेर तस्करहरूले बिभिन्न नाकाहरूबाट नेपाल भित्र्याउने गरेका छन् ।
बाराका बलिरामपुर, मुसहर्वा, छतवा, सिम्रौनगढ, कवही, अमवा, देवापुर, दक्षिणको झिट्कैयाबाट कपडा, मदिरादेखि विभिन्न सामानको ब्यापक तस्करी हुँदैआएको छ ।
मुना साह कलवार, बाबुलाल, सरोज श्रीवास्तव, सन्तोष लगायत १४ जनाको टिमले सशस्त्र र प्रहरीकै सेटिङमा कपडाको ब्यापक तस्करी गर्दैआएका छन् । यी नाकाहरूबाट अवैध रुपमा लत्ताकपडा, काजु, कस्मेटिक सामान, चिनी, सूर्ती, रजनीगन्धा, पान परागलगायतका सामानहरू तस्करहरूले भारतबाट भन्सार छलेर नेपाल भित्र्याइरहेका छन् ।
मलेसियादेखि नेपालका पर्सा र बारामा हुन्डीको अरबौंको कारोबारको सााम्राज्य चलाउँदैआएका राकेश कुशवाहालाई सेटिङमा मुद्दा कमजोर बनाएर उन्मुक्ति दिइएको थियो । तस्करी बढेको गुनासोपछि प्रहरी मुख्यालयले घुमुवा सहायक हवल्दार धिरज पटेल र जवान आनन्द दासलाई मंगलबारै प्रहरी प्रधान कार्यायलमा तानेको छ ।
यसैगरी, राकेश महतोको समूहको हुन्डी कारोबारमा २०८० चैत २० मा छापा हानी साढे १३ लाख नगद र दैनिक कम्तीमा साढे ३ करोड रुपैयाँको कारोबार हुने गरेको फेलापारेको थियो । कुशवाहाको गिरोहबाट दैनिक साढे ३ करोडको अबैध हुन्डी कारोबार भएको मोबाइल र खातापाता बरामद गरेको थियो । कुशवाहको गिरोहले मलेसियामा कार्यरत नेपाली युवाहरुको पैसा मलेसियन रिंगेट नेपाल जान नदिई चीन पठाउने र सोबापत भारतीय ब्यापारीहरुले अर्डर गरेको सामान भारत पठाउने गथ्र्यो ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend