Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • अनिवार्य अवकाश हुँदै गरेका ४ डिआइजीको एक वर्ष पदावधि थप


    बुधबार, पुष २४ २०८१
    855
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं- अनिवार्य अवकाशमा जान लागेका चार जना सशस्त्र प्रहरी बलका डिआइजीहरूको पदावधि एक वर्ष थप गरिएको छ।

    मंगलबार साझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले १२ बजेबाट पदावधि सकिन लागेका डिआइजीहरू कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको कार्यकाल थप्ने निर्णय गरेको हो।

    सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) अनुसार सशस्त्रका डीआईजीको पदावधि चार वर्षको हुन्छ । २२ पुसमा उनीहरू डीआईजी भएको चार वर्ष पूरा भयो । यो व्यवस्थाअनुसार उनीहरू मंगलबार रातिदेखि नै अनिवार्य अवकाशमा जान लागेका थिए ।

    तर, नियमावलीको दफा ६५ कै (ग)को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) को सिफारिसमा नेपाल सरकारले एआईजी र डीआईजी पदावधि चार वर्षपछि एक वर्ष थप्न सक्ने उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार