Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संविधान संशोधन ०८७ मा हुन्छ : प्रधानमन्त्री ओली


    मंगलबार, पुष २३ २०८१
    970
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ सालमा संविधान संशोधन हुने बताएका छन् । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले तत्काल संविधान संशोधन नहुने बताएका हुन् ।

    ‘संविधानमा केही त्रुटि छन्, संशोधन गर्नुपर्नेछ । तर ०८७ मा मात्रै हुन्छ’, प्रधानमन्त्री ओलीले भनेका थिए । प्रधानमन्त्री ओलीले ८७ सालमा संविधान संशोधन भनेपछि केही नेताले त्यसलाई सच्याउने गरी ‘८३ साल होला’ भनेका थिए । तर प्रधानमन्त्री ओलीले दोहोर्‍याएरै भने, ‘मैले ०८७ सालमै भनेको ।’

    बैठकमा सहभागी एक नेताका अनुसार संसदको समीकरणका कारण संविधान संशोधन ०८७ सालमा हुने प्रधानमन्त्री ओलीको अनुमान थियो । ‘हामी अहिले पनि संविधान संशोधन गर्न चाहिने दुई तिहाइ जुटाउने पक्षमा छौँ । तर राष्ट्रिय सभाका कारण सम्भव भइरहेको छैन’, प्रधानमन्त्री ओलीले भने, ‘संविधान संशोधन त गर्ने नै हो । तर ०८७ मा ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार