Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मंसिरसम्म विशेष महाधिवेशन गर्नुपर्ने वर्षमान पुनको प्रस्ताव


    मंगलबार, पुष २३ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले मंसिरसम्म पार्टीको विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन्।

    केन्द्रीय समितिको जारी बैठकमा आफ्नो धारणा राख्दै उनले पार्टीले संचालन गर्ने अभियान सकेर असोजदेखि मंसिरकोबीचमा विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव राखेको एक नेताले जानकारी दिए। माओवादी केन्द्रले फागुन १ बाट ६ महिने जागरण अभियान संचालन गर्दैछ।

    माओवादीभित्र लामो समयदेखि विशेष महाधिवेशनको कुरा उठ्दै आइरहेको छ। अर्का उपमहासचिव जनार्दन शर्मा लगायतले नेतृत्व हस्तान्तरणको विषय उठाइरहेका बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसलाई महाधिवेशनबाट टुंग्याउने जवाफ दिएका छन्।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार