काठमाडौं – गृहमन्त्री रमेश लेखकले कन्चनपुरमा नेपाली भूमी भारतीयले भोगचलन गरिरहेको विषयमा सरकार गम्भीर रहेको बताएका छन्।
सुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको जमीन भारतीयले उपभोग गरिरहेको विषयमा राज्य व्यवस्था समितिमा सांसदले प्रश्न उठाएपछि गृहमन्त्री लेखकले यो विषयमा सरकार जानकार रहेको र गम्भीरताका साथ लिएको बताएका हुन्।
‘भारतीय नागरिकले हाम्रो जमीनमा खेतीपाती गरिरहेका छन् भन्ने धेरै तिरबाट जानकारी आएको छ,’ उनले भने, ‘सरकार यस विषयमा जानकार छ, गम्भीर छ र कूटनीतिक माध्यमले समाधानको लागि प्रयास गरिरहेको छ।’
सरकार आफ्नो भूमी, सिमानाको रक्षाका लागि गम्भीर रहेको गृहमन्त्री लेखकले बताए। राज्य व्यवस्था समितिको आजको बैठकमा एमाले सांसद रघुजी पन्त र कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले यस विषयमा गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए।
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
काठमाडौँ। शनिबार साँझ रसुवाको गोसाइँकुण्डबाट एउटा ‘अन टेस्ट’भ्यान त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ। उक्त गाडीसँगै चालक बेपत्ता भएका प्रहरीले जनाएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका- ५...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend