Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दा- प्रतिवादीको बयान न्यायाधीश पाण्डेयको इजलासमा


    सोमबार, पुष २२ २०८१
    960
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको मुद्दामा पक्राउ परेका प्रतिवादीहरुको बयान काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा हुने भएको छ ।

    सरकारी वकिलले आइतबार जिल्ला अदालत काठमाडौंमा ३९ जनाविरूद्ध मुद्दा दायर गरेपछि पक्राउ परेका प्रतिवादीको बयान आज (सोमबार)देखि न्यायाधीश पाण्डेयको इजलाशमा हुने भएको हो ।

    स्वर्णलक्ष्मी सहकारीको निवर्तमान लेखा समिति सदस्य सुनिता नेवा र निवर्तमान सञ्चालक समिति सदस्य कमल सुवेदी काठमाडौं प्रहरी परिसरको हिरासतमा छन् । अन्य ३ जना गोर्खा मिडियाका पूर्व संचालकद्वय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी र कुमार रम्तेल कास्की प्रहरीको हिरासतमा छन् ।

    कास्की जिल्ला अदालतमा पनि सूर्यदर्शन बचत तथा ऋण सहकारीको पुर्पक्षका लागि थुनामा राख्नेरनराख्ने विषयमा थुनछेक बहस हुँदैछ । उनीहरूको त्यहाँको थुनछेक आदेश सकिएपछि काठमाडौं ल्याएर पुनः थुनछेक वहस हुनेछ ।

    यता काठमाडौंमा पनि सोमबार नेवा र सुवेदीको बयान लिई सकेपछि थुनछेक सुरू हुने जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार