सिरहा – सिरहाको बिष्णुपुर गाउँपालिकाकी उपाध्यक्षले आफ्नै पालिकाको गाडी तोडफोड गरेकी छन् । समयमा लिन नआएको भन्दै उपाध्यक्ष गीता कुमारी सिंहले पालिको बा. २ झ ३६४३ नम्वरको सरकारी स्कोरपीयो तोडफोड गरेकी हुन् ।
उपाध्यक्ष सिंहले पालिकाको सकर्पियोलाई इँटा र ढुङ्गाले हानेर झ्याल र ढोकाको सिसा फूटाउनुको साथै गाडीको विभिन्न भाग कुच्याएको चालक बाबुनाथ यादवले बताए। उपाध्यक्ष सिंहले घरमा लिन समयमै नपुगेको झोंकमा आक्रोश पोख्दै गाडीमा क्षति पु¥याएको घटनाले उनको व्यवहारप्रति कुरा उठ्न थालेको छ।
स्थानीयबासीका अनुसार, उपाध्यक्ष सिंहको दुई वर्षको कार्यकालमा कुनै पनि ठोस र सकारात्मक योगदान दिन नसकेको आरोप छ। उनीमाथि बितन्डा मच्चाउने, उपद्रव सिर्जना गर्ने र सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने जस्ता गम्भीर आरोपहरू लाग्दै आएको छ। । हाल अध्यक्ष र उपाध्यक्ष एउटै गाडी चढ्दै आएको छ।
अध्यक्षले गाडी कब्जामा राख्ने र उपाध्यक्षले कुनै काममा जान गाडी माग्दा समयमा नदिंदा उपाध्यक्ष आक्रोशित हुँदै आएको एक स्थानीयले बताए। आज पनि उपाध्यक्षले गाडी लिन बोलाउँदा पनि नआएपछि गाउँ पालिका अध्यक्षकै घरअगाडी रोकीएर राखेको गाडी उपाध्यक्षले तोडफोड गरेको हो। उपाध्यक्षले ९ बजे नै घरमा लिन आउन बोलाएका थिए समयमा नगएको भन्दै तोडफोडमा उत्रेको अध्यक्ष यादवले बताए।
गाउँ पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत चारचक्के गाडी चढेपनि उपाध्यक्षलाई भने गाढी सुविधा दिएको छैन। कार्यालयको एक थान सरकारी स्कोरपीओ र प्रशासकीय अधिकृत भाडाको गाढीमा चढ्दै आएको छ। उपाध्यक्ष भने आफ्नो निजी मोटरसाइकल चढ्दै आएकी छिन्। आज कार्यक्रममा जान अध्यक्षसँग गाढी माग्दा पठाउँदै छु भनेर नपठाएपछि आक्रोशित उपाध्यक्षले बाध्यभएर गाडी तोडफोड गरेको बताइन्छ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend