काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनालले एमाले परित्याग गरेका छन् । उनले आफू कुनै पनि पार्टीमा नरहेको सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।
केपी ओलीलाई महान् राष्ट्रवादी र अडान भएको नेता भन्दै एमालेमा प्रवेश गरेका खनालको २ बर्षमै सो पार्टीसँग मोहभंग भएको छ ।
२०७९ असोज ६ मा एमाले मुख्यालय च्यासलमा प्रवेश गरेपछि उनले भनेका थिए–आफू नेपाल प्रहरीको संगठनमा विभिन्न पद हुँदै प्रमुख समेत भएर काम गर्दा केपी ओली जस्तो प्रधानमन्त्री कोही पाइनँ । इन्स्पेक्टर हुँदैदेखि केपी ओलीका राष्ट्रवादी कदम र अडानबाट आफू प्रभावित भएको बताएका खनालले प्रहरी संगठनमा आफू विभिन्न पदमा रहेका बेलामा अन्यायमा पर्दा ओलीलाई आफ्नो समस्या सुनाएपछि समाधान भएको पनि बताएका थिए ।
खनालले ओलीलाई देवत्वकरण नै गर्दै भनेका थिए–‘मैले सातवटा प्रधानमन्त्री भोगे तर उहाँजस्तो राष्ट्रवादी र सत्यको पक्षमा लाग्ने प्रधानमन्त्री पाइनँ ।’ ओलीको यतिबिधि प्रशंसा र स्तुतिगान गरेका खनाल २ बर्षमै सो पार्टीबाट किन अलग भए होलान् भन्ने जिज्ञासा पूर्वप्रहरी अधिकृतहरुमा पनि पैदा भएको छ ।
२ बर्षअघि एमाले प्रवेश गरी गएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार भएका थिए । एमालेबाट उम्मेदवार भएका उनी रास्वपाका शिशिर खनालसँग पराजीत भएका थिए ।
रामचन्द्र पौडेल राष्ट्रपति भएपछि तनहुँ १ मा भएको उपनिर्वाचनमा पनि उनी रास्वपाकै डा. स्वर्णिम वाग्लेसँग पराजीत भएका थिए । तनहुँमा त उनी उनी अत्यन्त कम मत ल्याएर तेस्रो भएका थिए ।
खनाल आईजीपीबाट अवकाश भएपछि एमाले नेता महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ(किसान) र नवीन बस्नेतसँग २०७७ बैशाखमा महोत्तरीमा पुगेर तत्कालीन जसपाका सांसद सुरेन्द्रकुमार यादवलाई काठमाडौंमा ल्याएका थिए । तर जसपाका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले डा. यादवलाई अपहरण गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend