विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला चुरोटका अम्मली हुन्। उनीमा दिनमा एउटा सिंगै बट्टा चुरोट सेवन गर्नेसम्मको बानी छ ।
यदाकदा चुरोट सेवन छोडेको बताउने गरे पनि उनले त्यो अम्मल पूर्णरूपमा छोडेका भने छैनन् ।
तर, उनी आफ्नो नगरमा सूर्तीजन्य पदार्थको सेवन रोक्ने भन्दै ‘सस्तो’ प्रचारबाजी भने गरिरहन्छन्। केहीअघि उनले विराटनगर महानगरपालिकाभित्र सार्वजनिक रूपमा सूर्तीजन्य पदार्थ सेवन र बिक्री वितरण गर्न रोक लगाएको प्रचार गरेका थिए ।
तर, उनले भनेको भन्दा ठिक उल्टो छ विराटनगर महानगरपालिकाभित्र सूर्तीजन्य पदार्थको सेवन र बिक्री ।
भारतबाट तस्करीमार्फत् ल्याइने गुटखा रजनीगन्धा बिक्री-वितरणमा रोक लगाएको पनि उनै कोइरालाले कडाइ गरेको प्रचार गरे। तर, रजनीगन्धा तस्करी रोकिनु त कता हो कता, छ्यापछ्याप्ती छ। विराटनगरबाट अन्यत्र सहर काठमाडौंसम्म रजनीगन्धा पुग्ने गरेको छ ।
कोइरालाले गरेको कडाइ कहाँ पुग्यो? ‘जुन गोरुको सिङ छैन, उसको नाम तिखे’ उखान कोइरालामा चरितार्थ भइरहेको छ ।
हाल कोइरालाले त्यस्तै सस्तो प्रचारको रुपमा अगाडि सारेका छन्, हुक्का बार र क्याफेलाई व्यवस्थित गर्ने भन्दै ।
धेरैजसो चिया पसल, हुक्का बार र क्याफेमा अधिकांश विद्यार्थी पोशाकमै हुक्का सेवन गर्ने गरेको गुनासो आएको भन्दै विराटनगर महानगरपालिकाले सम्बन्धित व्यवसायीगँग छलफल गरेको छ ।
अबदेखि त्यस्तो कार्य रोक्नेसहित विभिन्न निर्णय गरेको छ। महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, राजस्व महाशाखा प्रमुख सरोज गौतम, सम्बन्धित व्यवसायीलगायतको उपस्थितिमा भएको छलफलले विद्यालय पोशाक लगाएका र १८ वर्षमुनि युवायुवतीलाई हुक्कासहित सुर्तीजन्य पदार्थ बिक्री नगर्ने निर्णय गरेको हो ।
बिक्री गरेको पाइए व्यवसाय दर्ता खारेज र सम्बन्धित निकायमा कारबाही सिफारिस गर्ने निर्णय पनि गरिएको छ ।
हुक्का बार, चिया पसल र क्याफे अगाडि जथाभावी पार्किङ गरेका कारण आवतजावतमा समस्या भएको भन्दै पार्किङ पनि व्यवस्थित गरिने भएको छ ।
अबदेखि सबै व्यवसायीले अनिवार्य पार्किङको व्यवस्था गर्नुपर्नेछ । निर्णय कार्यान्वयन भए-नभएको विषयमा अनुगमन गर्न नगर प्रहरीका प्रमुख राजन पौडेलको संयोजकत्वमा व्यवसायीसमेतको सहभागितामा अनुगमन समितिसमेत गठन गरिएको छ । समितिमा राजस्व महाशाखाका बासु भण्डारीसहित व्यवसायीहरु रमण भगत, सुमन खड्का, विवेक बडुवाल सदस्य रहेका छन्। अनुगमन समितिले निर्णय कार्यान्वयनको अवस्था, घरबहाल र व्यवसाय कर तिरे नतिरेको, सफाई कार्ड लिए नलिएको लगायत पनि हेर्नेछ ।
मेयर कोइरालाले विद्यार्थीलाई हुक्कासहित सुर्तीजन्य पदार्थ बिक्री गरेको पाइए व्यवसाय नवीकरण नगर्ने बताए। ‘कलेज र स्कुलबाट पोशाकमै विद्यार्थीहरु सिधै चिया, हुक्का बार र क्याफेमा पुग्ने गरेको भन्ने व्यापक गुनासो आएको छ । उपप्रमुखको नेतृत्वमा गरिएको अनुगमनका क्रममा कमीकमजोरी देखियो,’ मेयर कोइरालाले भने, ‘त्यही भएर व्यवसायीहरुलाई नै बोलाएर छलफल गरेर निर्णय गरिएको हो ।’
छलफलमा सहभागी व्यवसायीहरूले महानगरको निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । उनीहरूले विगतका कमी कमजोरी सुधारेर अब विद्यार्थी पोशाकमा आएका युवायुवतीलाई हुक्कासहित सूर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने बताए ।
काठमाडौ । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। प्रधानमन्त्री वालेन्द्र...
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend