Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक जारी, पुन र महरा पनि सहभागी


    बिहिबार, पुष १८ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा बसिरहेको छ। आज केही बेर अघि सुरु भएको बैठकमा पुस २१ र २२ गते बस्ने केन्द्रीय समितिका एजेन्डा तय गर्ने बारे छलफल भइरहेको बताइएको छ ।

    बैठकमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र उपाध्यक्ष कृष्णबहादुर महरा पनि सहभागी भएका छन्। पुन राजनीतिमा सक्रिय हुने उदेश्यसहित माओवादी बैठकमा सहभागी हुन थालेका हुन भने महरा सुन तस्करीको आरोपमा गत वर्षको माघमा छोरा राहुल र आफूलाई पक्राउ गरिएपछि निष्क्रिय बनेका थिए।

    पुनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी उपाध्यक्ष बनाउने आश्वासनसहित बैठकमा बोलाएको माओवादी नेताहरुले बोलाएका छन्। त्यसै अनुसार उनी धेरै पटक माओवादी बैठकमा सहभागी भइसकेका छन्।

    प्रतिपक्षमा पुगेपछि आगामी कार्यक्रमहरु तय गर्न र विप्लव लगायतसँग पार्टी एकताबारे निर्णय लिन माओवादीले केन्द्रीय समिति बैठक बोलाएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार