Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • वामदेव गौतम फेरि आलोकनगरमा, माधवसहित नेकपा एसका ७ नेता वार्तामा


    बुधबार, पुष १७ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – एमालेका पूर्वउपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा (एकीकृत समाजवादी) सँगको पाटी एकताबारे छलफल गर्न नेकपा एसको कार्यालय, आलोकनगरमा पुगेका छन् । नेकपा एसका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार बुधबार दिउँसो १ बजेदेखि पाटी एकताबारे छलफलमा भइरहेको छ ।

    उक्त छलफलमा गौतम एक्लै छन् भने एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल, उपमहासचिव रामकुमार भट्टराई, सचिवहरू सावित्रा भुसाल, गणेश विक, स्थायी कमिटी सदस्य बलराम बाँस्कोटा र निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल छन् ।

    छलफल सकारात्मक ढंगले चलिरहेको प्रचार विभाग प्रमुख ज्वालाले बताए । पछिल्लो समय पार्टी एकताको प्रयासमा रहेका उनीहरुबीच गत सोमबार पनि नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा भेटवार्ता भएको थियो ।

    एमालेबाट बाहिरिएका गौतम पछिल्लो समय एकीकृत समाजवादीमा जाने इच्छुक देखिएका छन्। उनलाई पार्टीको बरिष्ठ नेता बनाउनेगरी भित्र्याउने तयारीमा एकीकृत समाजवादीको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार