Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नरभक्षी बाघ नियन्त्रणमा


    बुधबार, पुष १७ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • मकवानपुर । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा घाँस काट्न गएकी महिलाको ज्यान लिने नरभंक्षी बाघलाई नियन्त्रणमा लिइएको छ ।

    मंगलबार साँझ चार वटा हात्ती र चितवन तथा पर्सा राष्ट्रिय निकुञ्चको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो ।

    मनहरी–५ वसन्तपुर गुम्बाटोलकी ७२ वर्षीया कान्छीमाया रुम्बालाई आइतबार बाघले आक्रमण गरी ज्यान लिएको थियो। बाघले सोमबार बिहान वसन्तपुरका सूर्यबहादुर मोक्तानको खोरमा पसेर सात वटा बाख्रा मारेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार