Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • शेरादरबारको जग्गा फिर्ता ल्याउन सरकारलाई प्रचण्डको चुनौती


    सोमबार, पुष १५ २०८१
    1.2K
    Shares
    kfn'ª6f/, !$ kmfu'gM gful/s e]63f6 sfo{qmd k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú uf]/vfsf] gu/ sfo{kflnsfsf] sfof{no kfn'ª6f/df cfOtaf/ cfof]lht gful/s e]63f6 sfo{qmddf wf/0ff /fVg'x'Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको शेरादरबारको जग्गा सरकारको नाममा ल्याउन चुनौती दिएका छन् ।

    आज (सोमबार) प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला पुगेका प्रचण्डले झण्डै १२–१५ वर्षअघि आफ्नो पार्टी छाडेका व्यक्तिको नाम जोडेर गलत प्रचार भइरहेको जिकिर गरे ।

    पृथ्वीनारायण शाहको शीतकालीन दरबारको रुपमा परिचित नुवाकोटको शेरा दरबारको १६३ रोपनी १३ आना जग्गा निजी कम्पनीबाट जफत गरेर सरकारको नाममा ल्याउन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीर्) ले सिफारिस गरेको छ ।

    सीआईबीले चार महिना लामो अनुसन्धानपछि नेकपा माओवादी केन्द्रका नेता विकेश श्रेष्ठ सञ्चालक रहेको अन्नपूर्ण फार्मिङ कम्पनीको नाममा रहेको जग्गा सरकारको नाममा ल्याउनुपर्ने निष्कर्षसहित भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो ।

    त्यसपछि आफ्नो पार्टीको नाम जोडेर झुटा प्रचार भएको भन्दै प्रचण्डले आपत्ति जनाएका हुन् । उनले सरकारलाई चुनौती दिँदै सरकारको जग्गा हो भने तुरुन्तै फिर्ता ल्याउन पनि भनेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार