Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद, को-को छन् अध्यक्षका दाबेदार ?


    सोमबार, पुष १५ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ ।

    अखिल (क्रान्तिकारी)को प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार, उमेर हद लगाउने पक्षमा नौ सय र खुला राख्ने पक्षमा आठ सय ७९ मत प्राप्त भएको छ । मतदानको अन्तिम नतिजाअनुसार अब क्रान्तिकारीमा ३२ बर्ष उमेर हद लाग्ने भएको हो ।

    ३२ वर्षे उमेरहद लगाउने कि खुला गर्ने भन्ने विवाद अन्त्य गर्न शनिबार भएको निर्वाचनबाट उमेरहद लगाउनुपर्ने पक्षधर विजयी भएपछि नेतृत्वमा नयाँ पुस्ताको प्रतिस्पर्धा हुने पक्का भएको छ ।

    उमेरहद लागु हुने भएपछि निवर्तमान कार्यसमितिका दुई तिहाइभन्दा बढी पदाधिकारी बिदा हुने देखिन्छ । अध्यक्षको दावी गर्दै आएका जीपी मैनाली, दीपेश पुन, मदन भुल, इन्द्र भुसाल, पवन कार्की, केशव रावल, नरेश रेग्मी, क्षितिज सापकोटालगायतको ठूलो पङ्क्ति माओवादीको विद्यार्थी राजनीतिबाट एकसाथ बाहिरिने भएको छ ।

    अब विद्यार्थीको अध्यक्षका लागि विराज थापा, रोशन थापा मगर, प्रतीक कार्की, उपदेश यादव, विष्णु ढुङ्गेल, हेमन्त राई, प्रविना अधिकारी, तिर्सना हमाल अध्यक्षका दाबेदार छन् । ३२ वर्षे उमेरहद लाग्दा देवकी कार्की, दीपा जैसीलगायत उपाध्यक्षका दाबेदार रहेका छन् ।

    उमेर हद राख्ने कि नराख्ने भन्नेबारेमा क्रान्तिकारीमा फरक मत रहँदै आएको थियो । प्रमुख निर्वाचन अधिकृत प्रधानका अनुसार, अब ३२ वर्षमुनिबाट नेतृत्व चयन गर्न अखिल क्रान्तिकारीमा आगामी माघ १२ गते निर्वाचन हुने कार्यक्रम तय गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार