Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • पोखरा जाँदै गरेको बस रोकिराखेको ट्रकमा ठोक्किँदा ६ जना घाइते


    सोमबार, पुष १५ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन – नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

    बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ८५५ १ नम्बरको बसले मधेश प्रदेश ०३–००२ ख २१५९ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा बसमा सवार ६ यात्रु घाइते भएका हुन् ।

    बिग्रिएर सडक छेउमा रोकिराखेको ट्रकको पछाडि आज बिहान करिब साढे ४ बजेतिर बस ठोक्किएको थियो । घाइतेहरुलाई उपचारका लाग चितवनको भरतपुर पठाइएको र सबैको अवस्था खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । दुर्घटनास्थल जलविरेबाट करिब दुई किलोमिटर अगाडि नारायणगढतर्फ पर्दछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार