Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • बलात्कार अभियाेगमा वम्जन पक्राउ


    बिहिबार, पुष ९ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले १४ वर्षीया बालिकालाई बलात्कार गरेर फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका-२ गागनका ४२ वर्षीय हेमबहादुर वम्जन रहेका छन् ।

    बालिकालाई अपहरण गरी बेपत्ता बनाएको भन्दै पीडित परिवारले दिएको उजुरीका आधारमा वम्जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

    भदौ १२ गते गोठालो गएको समयमा वम्जनले बालिकालाई बलात्कार गरेको पीडित परिवारले जनाएको छ । प्रहरीका अनुसार भदौ १२ गते बलात्कार गरी फरार रहेका वम्जनले मंसिर ३ गते बालिकालाई नियन्त्रण लिएर वेपत्ता बनाएका थिए ।

    उनैले दिएको सूचनाका आधारमा बालिकालाई बारा जिल्ला निजगढ नगरपालिका ११, रतनपुरबाट प्रहरीले सकुशल उद्धार गरिसकेको छ । यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार