काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । हृदयाघातका कारण शुक्रबार राति बस्तीको निधन भएको हो ।
हृदयघात भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियो । उनको शव अहिले अस्पतालमै रहेको छ । करिब ६ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश भएका उनलाई तत्कालीन कानुन मन्त्री नरहरि आचार्यले न्यायाधीशमा नियुक्ति नगरी अवकाशमा जान बाध्य पारेका थिए ।
नरहरि आचार्यले गोपालप्रसाद पराजुली, दीपकराज जोशी, चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गरेर वस्तीलाई अवकाशमा जान बाध्य बनाएका थिए । न्यायाधीशका रुपमा वस्तीले गरेका फैसला विवादरहित थिए । उनी स्वच्छ छवि कायम गर्दागर्दै अस्थायी न्यायाधीशबाट बिदा हुनुमा सूर्यनाथ उपाध्याया अख्तियार दुरुपयोग अनुसन्धान आयोगरका प्रमुख हुँदा त्यहाँ उनी कानुनी सल्लाहकारका रुपमा रहनुलाई लिने गरिएको छ । अख्तियारले कांग्रेस नेताहरु खुमबहादुर खड्का, गोविन्दराज जोशी, जेपी गुप्ताहरुलाई भ्रष्टाचारमा मुद्दा चलाएको थियो ।
कांग्रेसले वस्तीजस्ता निष्कलंक न्यायाधीशलाई अस्थायीबाटै बिदा गरी न्यायिक इतिहासमै विवादित र भ्रष्ट छवि भएकाहरुलाई सर्वोच्च अदालतमा प्रवेश गराएको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend