Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • सशस्त्रका प्रहरी निरीक्षक र प्रहरी सहायक हवल्दारबिरूद्ध भ्रष्टाचारकाे मुद्दा


    बुधबार, पुष ८ २०७७
    980
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी निरीक्षक र सशस्त्र प्रहरी सहायक हवल्दारबिरूद्ध विशेष अदालतमा आरोप-पत्र दायर गरेकाे छ ।

    आयोगले बुधबार विशेष अदालत, काठमाडौंमा सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट कृष्णनगर, कपिलबस्तुका सशस्त्र प्रहरी निरीक्षक निरन्जन राज कार्की र सशस्त्र प्रहरी सहायक हवल्दार लिल बहादुर गुरुङबिरूद्ध आरोप-पत्र दायर गरेकाे हाे ।

    सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिल बहादुर गुरुङले घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीद्वारा गुरुङलाई ३५ हजार रूपैयाँ लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

    भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजायकाे मागदाबी गर्दै आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार