Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भीम रावल एमालेबाट आफैं निक्लिएका हुन्: शंकर पोखरेल


    शुक्रबार, पुष १२ २०८१
    2.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावल आफैं निक्लिएको बताएका छन् । शुक्रबार प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भने रावललाई आफूहरुले पार्टीबाट निकालेको नभई आफै निक्लिएको बताएका हुन् ।

    ‘हरेक पार्टीका निर्णय र नीतिको विपक्षमा अभियान चलाएर हिँडेपछि पार्टी सदस्य हो भनिरहन मिल्छ र ? त्यस अर्थमा रावलजीलाई हामीले निकालेको होइन, रावलजी आफैँ निक्लिएको हो भन्ने बुझ्नु पर्दछ ।’ उनले भने ।

    १० पुसमा बसेको एमाले सचिवालय बैठकले रावललाई पार्टीबाटै हटाउने निर्णय गरेको थियो । भीम रावल एमालेको मूल्य मान्यता र अनुशासन भित्र बस्न नसकेको पोखरेलको भनाइ छ ।

    पार्टीको अनुशासन विपरीतका कार्यहरू गर्दा पूर्वउपाध्यक्ष रावललाई सुध्रिने मौका दिंदा पनि उनी नसुध्रिएको उनको भनाई छ । ‘संसदभित्र संसदीय ह्वीप अत्यन्त महत्त्वपूर्ण मानिन्छ। ह्वीप उल्लंघन गर्‍यो भने स्वतः कारबाहीको भागीदार हुन्छ। संसदभित्र एमाले के गर्दै थियो, उहाँ के गर्दै हुनुहुन्थ्यो भन्ने त सबैले थाहा पाएकै विषय हो। त्यसका बाबजुद पनि उहाँलाई सुध्रिने मौका दिएका हौं,’ महासचिव पोखरेलले भने।

    पार्टीले स्पष्टीकरण सोध्दा समेत त्यसलाई रावलले बेवास्ता गरेको पोखरेलले बताए । त्यसको अर्थ उनले पार्टी छाडिसकेको पोखरेलको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार