Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • वामदेव गौतमद्वारा एकीकृत समाजवादीसँग एकता गर्न वार्ता समिति गठन


    मंगलबार, पुष ९ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा एकीकृत समाजवादीसँग एकता गर्न वार्ता समिति गठन गरेको छ । एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादी एकता गर्ने सहमति भएसंगै गौतमले महासचिव डीबी कार्कीको नेतृत्वमा तीन सदस्य वार्ता समिति बनाएको हो ।

    ५ पुसमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र अभियानका संयोजक गौतमबीच भैँसेपाटीस्थित गौतम निवासमा भएको छलफलमा अभियानलाई एकीकृत समाजवादीमा मिसाउने सहमति बनेको थियो ।

    वार्ता समितिमा महासचिव कार्की सचिव भगवती विष्ट र स्थायी कमिटी सदस्य लोकनाथ धमला रहेको वार्ता समिति अध्यक्षले कार्कीले जानकारी दिए । यो वार्ता समितिले पार्टी एकताको सैद्धान्तिक–राजनीतिक र संगठनात्मक एकीकरणको विषय टुंग्याउने उनले बताए ।

    एकीकृत समाजवादीका तर्फबाट भने वार्ता समिति बनेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार