Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्याललाई


    सोमबार, पुष ८ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी डोलप्रसाद (डिपी) अर्याललाई दिइएको छ ।

    आज (सोमबार) बसेको सचिवालय बैठकले उपसभापति अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो।

    रास्वपाको विधानमा ज्येष्ठ उपसभापति वा पार्टी सभापतिले तोकेको उपसभापति कार्यवाहक सभापति बन्ने व्यवस्था छ। उपसभापति अर्यालभन्दा अर्का उपसभापति स्वर्णिम वाग्ले ज्येष्ठ हुन्। तथापि सभापति रवि लामिछानेले अर्याललाई नै कार्यवाहक तोक्ने सिफारिस गरेका छन्।

    रास्वपा सभापति लामिछानेविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगीलगायत चार कसुरमा मुद्दा दर्ता भएको छ । मुद्धा दर्ता भएपछि लामिछानेको सांसद पद पनि निलम्बन हुने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार