Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • ठगी बढेपछि म्यानमार, थाइल्याण्ड लगायत देशमा जानेहरुका लागि ट्राभल एडभाइजरी जारी


    सोमबार, पुष ८ २०८१
    1000
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – सरकारले म्यानमार, थाइल्याण्ड, कम्बोडिया, लाओस् लगायतका देशमा जान चाहनेहरूका लागि ट्राभल एडभाइजरी जारी गरेको छ । बैदेशिक रोजगारीको प्रलोभनमा विभिन्न किसिमको ठगी बढेको भन्दै परराष्ट्र मन्त्रालयले सोमबार यात्रासम्बन्धी सूचना (ट्राभल एडभाइजरी) जारी गरेको हो ।

    मन्त्रालयले सुचना जारी गर्दै ती मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकहरूलाई सावधानी अपनाउन अपिल गरेको छ । आकर्षक तलब सुविधाको प्रलोभन देखाएर जबरजस्ती अवैध काममा लगाइएको पाइएपछि ट्राभल एडभाइजरी जारी गरेको मन्त्रालयले जनाएको छ ।

    वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पुर्‍याइ अलपत्र पार्ने एवं प्रचलित कानुन बमोजिम निषेध गरिएका कार्यहरूमा संलग्न हुने काम दण्डनीय भएकाले यस्ता गैर कानुनी कार्यहरू नगर्नरनगराउन पनि मन्त्रालयले भनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार