काठमाडौं – महोत्तरीको जलेश्वर कारागारमा रहेका एक युवकको मृत्यु भएको छ । लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३० वर्षीय निशान सुनुवारको उपचारका क्रममा मृत्यु भएको हो ।
महोत्तरी जिल्ला अदालतको आदेश अनुसार उनलाई गत असार २१ गते पुर्पक्षका कारागार पठाइएको थियो । आइतबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएकामा उनको उपचारकै क्रममा मृत्यु भएको जलेश्वर कारागारका सूचना अधिकारी रबिनचन्द्र ठाकुरले जानकारी दिए ।
ठाकुरका अनुसार सात महिनादेखि पुर्पक्षका लागि कारागारमा रहेका सुनुवारको आइतबार बिहान करिब ८ बजे अचानक स्वास्थ अवस्था बिग्रिएपछि तत्कालै उपचारको लागि अस्पताल पु¥याइएको थियो । उपचारका क्रममा सवा नौ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मृतक सुनुवारको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ ।
काठमाडौँ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध काठमाडौ गोखार्जले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौंले...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सका ओपनिङ ब्याट्सम्यान युवराज सामराले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णाली याक्सविरुद्ध उनले २३ बलमा अर्धशतक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend