काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासत कक्षमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा।निकोलस भुसाल पक्राउ परेका छन् । कास्की प्रहरीको हिरासत रहेका लामिछानेको सुतेको फोटो सार्वजनिक गरेपछि सुरक्षाको सवत्र आलोचना भैरहेको अवस्थामा भुसाललाई आइतबार साँझ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थलीबाट पक्राउ गरेको हो ।
डा. भुसाललाई थप अनुसन्धानका लागि आज (सोमबार) पोखरा पठाइँने अपराध अनुसन्धान कार्यालय प्रमुख सानुराम भट्टराईले जानकारी दिए । भुसालले लामिछानेको फोटो आफूले प्रहरीको सीसीटीभीबाट खिचेको स्वीकारिसकेका छन् । गएको शनिबार भेट्न जाँदा लामिछाने सुतिरहेका बेला प्रहरीको सीसीटीभीमा देखेपछि आफूले फोटो खिचेको भुसालले बताएका छन् ।
लामिछाने पक्राउ परेदेखि कास्की प्रहरीले कार्यालयमा कुनै पनि प्रयोजनका लागि आउने सेवाग्राहीलाई मोबाइल लैजान रोक लगाएको बताइएपनि भुसालले प्रहरीको गेटभित्रै रहेको सिसिटीभीमा लामिछाने सुतेको देख्नासाथ फोटो खिचेको बताइएको छ । मोबाइलबाट खिचेको फोटो आफूले फेसबुकमा पोस्ट गरेपछि रास्वपा कार्यकर्ताले भाइरल बनाएको थियो ।
काठमाडौँ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध काठमाडौ गोखार्जले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौंले...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सका ओपनिङ ब्याट्सम्यान युवराज सामराले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णाली याक्सविरुद्ध उनले २३ बलमा अर्धशतक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend