काठमाडौं । केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पाटीं(नेकपा)ले गठन गरेको ११ सय १९ सदस्यीय महाधिवेशन आयोजक समितिको सदस्यमा राखिएका गुल्मीका गगन बिष्टले उक्त पद अस्वीकार गरेका छन् । मंगलबार बिहान बसेको ओलीपक्षीय नेकपाको बैठकले महाधिवेशन आयोजक समितिको सदस्यमा बिष्टलाई पनि राखिएको थियो । गुल्मीका बिष्ट सहित ७ जनालाई महाधिवेशन आयोजक समितिमा राखिएको छ ।
नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीका पूर्वअध्यक्ष समेत रहेका बिष्टलाई ओली पक्षले केन्दीय सदस्यमा राखेकोमा सामाजिक संजालमा बधाइ दिने क्रम सुरु भएपछि उनले उक्त पद अस्वीकार गरेका छन् । उनले सामाजिक संजालबाटै लेखेका छन्–‘दुर्भाग्यपूर्ण अवस्थामा बधाई खाने म योग्य पात्र होइन ।’
बिष्टका दाजु नेकपा स्थायी समिति सदस्य गोकर्ण बिष्ट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहमा छन् । दाजु प्रचण्ड–माधव समूहमा भएकाले भाइलाई केन्द्रीय सदस्य बनाएर परिवारभित्रै पनि खेल्ने प्रयास गरिएपछि गगन बिष्टले ओली पक्षको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।