काठमाडौं । ज्ञानेन्द्र शाहीको अभियान हुँदै एमालेबाट २ पटक सांसदमा उम्मेदवार भई पराजीत भएका पूर्वआईजीपी सर्वेन्द्र खनाल एक विवादास्पद ब्यवसायीको दोहोरीमा छमछमी नाचेको भिडियो सार्वजनिक भएको छ ।
जमलमा रहेको अशोक गिरीको दरबार रोधीघरमा बुधबार राति पूर्वआईजी खनाल नाचेको लाइभ भिडियो सार्वजनिक भएको छ । उक्त रोधीघरका संचालक अशोक गिरीले नै खनाल नाचेको लाइभ भिडियो फेसबुकमा सेयर गरेका छन् । गिरी तिनै हुन्, जसले गएको माघमा दोहोरीमा आउने ग्राहकसँग अत्यधिक महंगो बिल असुली गरेको बिषयमा दरबारमार्ग प्रहरी बृत्तमा उजुरी परेपछि डीएसपी गोविन्द थापालाई मुख छाडेका थिए । ६ हजारको बिललाई ६० हजार बनाएर ठगी गरेको बिषयमा बोलाउँदा डीएसपीलाई मुख छाड्ने गिरीलाई दरबारमार्ग बृत्तले ४ दिन हिरासतमा राखेको थियो । उनले डीएसपी थापालाई सरुवा गरिदिने धम्की फोनमार्फत् दिएका थिए ।

जमलको मायालु सेन्टरमा दरबार रोधीघर संचालन गर्दैआएका गिरीले गुण्डागर्दीसमेत गर्ने गरेको उजुरी परे पनि उच्चतहका भूपू तथा बहालवाला प्रहरी अधिकृतहरुसँगको पहुँच देखाएर उनले उन्मुक्ति पाउँदैआएका छन् । दोहोरीको टेबुलमा ग्राहकसँग युवती बसाउने र ठग्ने गरेको उजुरी प्रहरीमा परे पनि पहुँचका आधारमा उनी जोगिंदैआएका छन् ।
गिरीले प्रहरीका हाकिमहरुसँगको पहुँच देखाएर मिटरब्याजमा लगानी गर्दैआएका छन् । प्रहरीकै हाकिमहरुले समेत उनीमार्फत् मिटरब्याजमा लगानी गर्ने गरेको स्रोत बताउँछ ।
मिटरब्याजको कारोबारमा संलग्न गिरी राजनीतिक नेताहरुको समेत संरक्षणमा रहेका छन् । उनले दोहोरीमा आउने ग्राहकसँग दस गुणा बढी असुल्ने र मिटरब्याजको धन्दाबाट आर्जित ५ करोड भन्दा बढी लगानीमा कतारमा गजल रेष्टुरेन्ट समेत खोलेका छन् । अबैध हुन्डीमार्फत् नेपालबाट कतारमा रकम लगेर उनले उक्त रेष्टुरेन्ट खोलेका छन् । अबैध रुपमा काठमाडौंका विभिन्न ठाउँमा जुवा खेल्नेहरुलाई गिरीले मिटरब्याजमा पैसा दिने गरेको बिषय त यसअघि पनि सार्वजनिक भइसकेको छ ।
उच्च प्रहरी अधिकारीको पहुँच देखाउँदै मिटरब्याजको कारोबार गर्दैआएका गिरीले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) सानुराम भट्टराईको नाम समेत लिने गरेका छन् ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend