काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा २ जना नियुक्त भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रीस्तरको निर्णयबाट डा. बलराम पराजुली र इन्जिनियर लक्ष्मण केसीलाई नियुक्त गरेका हुन् ।
मन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार पराजुली जलविद्युत् क्षेत्रमा परामर्शदाताको रूपमा काम गर्दै आएका छन्। उनले भेरी बबई बहुउद्देश्यीय आयोजना र एसियाली विकास बैंकमा पनि परामर्शदाताको भूमिका निर्वाह गरेका छन् ।
लक्ष्मण केसी कांग्रेसनिकट इन्जिनियरिङ संघ (सिडेन)का अध्यक्ष हुन्। अमेरिकामा सिभिल इन्जिनियरिङ पढेका केसीले काठमाडौं विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेका छन् । उनीसँग ५ वर्ष विश्व बैंकमा इन्जिनियरिङ परामर्शको रूपमा काम गरेको अनुभव छ ।
मंगलबारबाट विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य कपिल आचार्य र भक्तबहादुर पुनको अवधि सकिएपछि उक्त स्थानमा केसी र पराजुलीलाई नियुक्त गरेका हुन्
काठमाडौँ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध काठमाडौ गोखार्जले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौंले...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सका ओपनिङ ब्याट्सम्यान युवराज सामराले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णाली याक्सविरुद्ध उनले २३ बलमा अर्धशतक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend