काठमाडौं । आज नेपाल प्रिमियर लिग (एनपीएल) का कुनै पनि खेल हुने छैनन् ।
एनपीएलमा प्लेअफको समीकरण पूरा भएकाले एकदिन खेलमा ब्रेक लिइएको हो ।
बुधवार भने सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्टसबीचमा प्रतिस्पर्धा हुनेछ । सुदूरपश्चिम १२ अंकसहित शीर्षस्थानमा छ भने जनकपुर १० अंकसहित दोस्रो स्थानमा रहेको छ । सुदूरपश्चिम ७ खेलमा ६ जितसहित शीर्ष स्थानमा रहेको छ भने ५ जितसहित जनकपुर बोल्ट्स दोस्रो स्थानमा रहेको छ ।
उता, लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमसँग पराजित भए पनि कर्णाली याक्सले रन रेटका आधारमा प्लेअफमा स्थान बनाउने टोलीमा गनिएको छ । जसअनुसार ४ खेलमा जितसहित चितवन राइनोज तेस्रो र समान ४ जितसहित कर्णाली चौथो स्थानमा रहँदै प्लेअफको यात्रामा रहेका छन् ।
अब शीर्ष स्थानमा रहने दुई टोली सुदुरपश्चिम र जनकपुरले पहिलो क्वालिफायर खेल्नेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन्, जहाँ चितवन र कर्णाली मैदानमा उत्रनेछन् । जसको समान अंक ८–८ रहेको छ ।
क्वालिफायर र एलिमिनेटरका दुबै खेल बुधबार नै हुने नेपाल क्रिकेट संघले जनाएको छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज ९एमबीएस० प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend