काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विभाजन भइसकेको छ । नेकपाको एक घटकका अयक्ष केपी ओलीले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएपछि पार्टी मंगलबार बिहानबाट औपचारिक रुपमा विभाजन भएको छ । पार्टी विभाजनसँगै जिल्ला जिल्लामा रहेका पार्टी कार्यालय कब्जा गर्ने होडबाजी सुरु भएको छ ।
आज बिहान काभ्रेको नेकपा पार्टी कार्यालय ओली पक्षले कब्जा गरेको छ । जिल्ला जिल्लामा पार्टी कार्यालय कब्जा हुने क्रम सोमबारबाटै सुरु भएको हो ।