Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • आज नेताहरुको जिम्मेवारी बाँडफाट गर्दै एकीकृत समाजवादी


    आइतबार, मंसिर ३० २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । आज बस्ने बैठकले पार्टी केन्द्रीय सदस्यहरुको कार्यविभाजन र कार्ययोजना टुंगो लगाउने तयारी गरेको छ ।

    शनिबारको स्थायी कमिटी बैठकमा आगामी कार्ययोजना र कार्यविभाजनबारे छलफल भएको थियो । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले छलफल आज आइतबार पनि चल्ने र कार्यविभाजन टुंगो लगाउने बताए ।

    १०औं महाधिवेशन सकेको ५ महिना बितिसक्दा पनि पार्टीले नेताहरुको जिम्मेवारी बाँडफाँट टुंग्याउन सकेको छैन । पार्टीको नयाँ कार्ययोजना र कार्यविभाजन टुंगो लगाएर बैठक आजै सम्पन्न गर्ने तयारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार