Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुटवलमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु


    शनिबार, मंसिर २९ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रुपन्देही – बुटवलको तिनाउ पुलमा बलेरो जिप दुर्घटना हुँदा दम्पत्तीसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिप अनियन्त्रित भई पल्टिँएर दुर्घटना भएको थियो ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा बुटवल–१२ नयाँगाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने रहेका छन् ।

    गौरी खनाललाई दमको उपचारका लागि नयाँगाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल ल्याउने क्रममा जिप अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

    उक्त जिप अर्घाखाँची क्याटरिङको रहेको बताइएको छ । शव पोष्टमार्टमा लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार