Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • आजको मौसमः बिहानकाे समयमा हवाइ सेवा प्रभावित हुने


    शनिबार, मंसिर २९ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं, २९ मंसीर । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल देशभर मौसम सामान्यतया सफा रहेको छ ।

    दिउँसो देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । 

    राती भने देशभर मौसम मुख्यतया सफा रहने छ । 
    बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार