Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रवि लामिछानेलाई आज बाराबाट काठमाडौं हुँदै पोखरा लगिने


    बुधबार, मंसिर २६ २०८१
    880
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज बाराबाट काठमाडौं ल्याइँदैछ ।

    वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा लामिछानेको बयान मंगलबार सकिएपछि आज सिमरा विमानस्थलबाट काठमाडौं ल्याउन लागिएको हो ।

    सहकारीको रकम ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई आजै काठमाडौं हुँदै पोखरा लगिने प्रहरीले जनाएको छ । उनलाई अहिले केही बेरमा बुद्ध एयरबाट काठमडौं ल्याएर पोखरा लगिनेछ ।

    वीरगञ्जको बयान सकिएसँगै लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुरेको छ । अब प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार