Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • रौतहटमा स्कारपियो दुर्घटना, ८ जनाको मृत्यु


    मंगलबार, मंसिर २५ २०८१
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – रौतहटमा स्कारपियो दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बाराको गढीमाई मेलाबाट सिराहा फर्कँदै गरेका यात्रु सवार बा १६ च ३१६२ नम्बरको स्कारपियो पूर्वपश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका-४ स्थित धन्सार-लमाहा सडक खण्डमा दुर्घटनामा परेको हो ।

    तीव्र गतिको स्कारपियो अनियन्त्रित भएर सडकबाट तल खसेर रुखमा ठोक्किँदा चालकसहित ८ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले बताए ।

    दुर्घटनामा परि ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार