Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रबि लामिछानेलाई पोखरा-काठमाडौं-सिमरा हुँदै बिरगञ्ज लगिने


    सोमबार, मंसिर २४ २०८१
    855
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा- पुर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाई पर्सा लैजान बिमानस्थल लगिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई बयानका लागि बिरगञ्ज लैजानका लागि अहिले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा लगिएको छ ।

    प्रहरीका अनुसार उनलाई पोखराबाट काठमाडौँ अनि काठमाडौँबाट प्लेनमा सिमरा हुँदै बिरगञ्ज लैजाने प्रयोजनका लागि एअरपोर्ट लगिएको हो । सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले त्यहाँ बयानका लागि लैजान खोजिएको यसअघि नै प्रहरीले जनाएको थियो ।

    ठगीमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेको कास्की, रूपेन्देही, काठमाडौं, चितवन पछि अब पर्सामा बयान लिइनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार